युरोपियन युनियन (इयु) ले डोटीका भूकम्प पीडितलाई २ करोड २७ लाख मानवीय सहायता उपलब्ध गराउने भएको छ।
नेपालस्थित युरोपियन युनियन डेलिगेशन अफिसका अनुसार नेपाल रेडक्रस मार्फत् उक्त मानवीय सहायता परिचालन गरिनेछ।
सहायता अन्तर्गत भूकम्प पीडितलाई त्रिपाल, कम्बल र गुन्द्रि प्रदान गरिने जनाएको छ। शौचालय र खानेपानी सुविधाका लागि पनि उक्त रकम उपयोग गरिने युरोपियन युनियन डेलिगेशन अफिसले मंगलबार एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
गत महिना डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा ६ जनाको मृत्यु भएको थियो दर्जनौं व्यक्ति घाइते भएका थिए। भूकम्पबाट ११ हजार व्यक्तिका घरमा क्षति पुर्याएको छ।
6
Shares
प्रतिक्रिया