समाज


महाकालीमा विवादित तटबन्ध निर्माण रोक्न भारत सहमत

अस्थायी संरचना र बाँधको थुप्रो एक सातामा हटाइने
महाकालीमा विवादित तटबन्ध निर्माण रोक्न भारत सहमत

गोकुल जोशी
मंसिर २१ , कञ्चनपुर

दार्चुलास्थित महाकाली नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको निर्माणकार्य रोक्न भारतीय पक्ष तयार भएको छ।

नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको तटबन्ध निर्माणले विवाद बढाएपछि भारत पछि हटेको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्ला अधिकारी रिना जोशीबीच  बुधबार धार्चुलामा छलफल भएको थियो।

छलफलमा भारतीय पक्ष महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न सहमत भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित महाकालीको बहाव नेपालतिर फर्काउने गरी भारतीय पक्षले काम अगाडि बढाएको छ। 

महाकालीको बहाव नेपालतिर धकेल्ने त्यस क्षेत्रको ‘बाँध’ हटाउन भारतीय प्रशासनले सहमति जनाएको छ।

‘तटबन्ध निर्माण गर्दा रिङ्गे ताल क्षेत्रमा थुप्रो लागेर बाँध जस्तो बनेको छ, जसले नदीको धार नेपालतिर फर्किएको थियो,’ उपाध्यायले नेपालखबरसँग भने, ‘उक्त थुप्रो हटाउन भारतीय पक्ष सहमत भएको छ, विवाद भएको ठाउँमा अहिले काम नगर्ने भनेर सहमति जनायो ।’

भारतीय पक्षलाई १० दिनको अवधि दिइएकोले उनले बताए। त्यस अवधिमा महाकालीको धार नेपालतिर धकेल्ने गरी बनाएको ‘बाँध’ हटाउनु पर्ने छ।

तटबन्ध निर्माणका क्रममा भारततिर बनाइएका अनावश्यक अस्थायी संरचना पनि हटाउन भारतीय अधिकारी तयार भएको उपाध्यायले बताए।

‘१० दिनपछि फेरि छलफल गर्ने भनेका छौँ, त्यसपछि विवादित ठाउँमा दुवैतिर समन्वय गरेर काम अगाडि बढ्छ,’ उनले भने। 

बैठकपछि फोटो खिचाउँदै दुई देशका अधिकारी

महाकालीको बहाव नेपालतिर धकेल्न खोजेपछि आइतबार दार्चुलाबासी विरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए।

त्यस क्रममा चारजना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए।

भारतीय ज्यादतीविरुद्ध नेपालीहरुले दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए। त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराए।

उक्त घटनाको विषयमा चर्को दबाबपछि भारतीय पक्ष छलफलका लागि तयार भएको थियो। 

भारतीय ज्यादतीविरुद्ध सरकारले पनि कूटनीतिक नोट पठाइसकेको छ। त्यसपछि नेपाल र भारतका अधिकारीबीच छलफल भएको हो। 

छलफलमा नेपालको तर्फबाट उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिष्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे र महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करन सिंह धामी सहभागी थिए। 

भारतका तर्फबाट पिथौरागढका जिल्ला अधिकारी जोशी र एसडीएम दिवेश शासनी पनि सहभागी थिए। 

मंसिर २१, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.