ad ad

समाज


द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम सञ्चालन

द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम सञ्चालन

नेपालखबर
पुस ४, २०७९ सोमबार २१:४२, काठमाडौँ

बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको छ।

यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ। यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ। 

किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ। यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ।  

किल् विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ। ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ। स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो। यस विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ। यस संस्थामा अध्ययनरत गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्। 

ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने, ‘उक्त विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा हामी उत्साहित छौँ। नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ। यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ।’ 

यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध छ। यो कोर्समा भर्ना हुने पहिलो ३० जना विद्यार्थीहरुलाई ट्युसन फि मा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ। यो अफर जनवरी महिनासम्म मात्र हुनेछ।

कम्प्युटर साइन्स विषयमा व्याचलर अध्ययन गरिसकेका वा अन्य सम्बन्धित क्षेत्रका विद्यार्थीहरुले यो कोर्सका लागि आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि द ब्रिटिस कलेज (थापाथली वा चाकुपाट) को एडमिशन शाखामा सम्पर्क गर्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .