समाज


राहदानी विभागको अनुगमनमा पुगे गृहमन्त्री लामिछाने

राहदानी विभागको अनुगमनमा पुगे गृहमन्त्री लामिछाने

नेपालखबर
पुस १३, २०७९ बुधबार १६:३७, काठमाडौँ

गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गर्न पुगेका छन्।

राहदानी बनाउन सेवाग्राहीले घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता रहेका बेला लामिछाने बुधबार त्यहाँ पुगेर अनुगमन गरेका हुन्। 

राहदानी र सवारी चालक अनुमतिपत्र लिन कयौँ सास्ती भोग्दै लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो अहिले पनि यथावत छ।

यस्तोमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले जनताका आधारभूत काम गर्ने बताएका थिए।

मन्त्रिपरिषदको पहिलो बैठकपछि प्रधानमन्त्री प्रचण्डले यातायात कार्यालय र राहादानी कार्यालय लगायतमा लाइन बस्ने अवस्था हटाउने  बताएका थिए। 

विकासका काम र सुशासनमा प्रभावकारी बनाइने पनि उनको भनाइ थियो। प्रधानमन्त्रीको उक्त वाचा अनुसार राहदानी विभागको अनुगमनमा लामिछाने पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad