समाज


सन्दीपको मुद्दामा उच्च अदालतमा सुनुवाइ सकियो

सन्दीपको मुद्दामा उच्च अदालतमा सुनुवाइ सकियो

फाइल तस्बिर


नेपालखबर
पुस २८, २०७९ बिहिबार १७:५१, काठमाडौँ

जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेलाई थुनामै राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ। 

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासमा तेस्रो नम्बरमा निवेदनको पेशी तोकिएको छ। निवेदनमाथि सुनुवाई सकिएको र आदेश आउन बाँकी रहेको उच्च अदालतले जनाएको छ। 

सन्दीपलाई उच्चले छाड्ने आदेश दिएमा आजै छुट्नेछन्। तर उनलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिए उनको कारागार बसाई फैसला नहुन्जेल कायमै रहनेछ। 

सन्दीपले भदौ ६ गते जबरजस्ती करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। जाहेरी परेको एक महिनापछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो।  

कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए। यता जिल्ला अदालत काठमाडौंले पनि अन्तिम फैसलाका लागि प्रमाण जुटाउने र बकपत्र गराउने काम गरिरहेको छ।

यसअघि अस्पतालबाट किशोरीको जन्म मिति माग गरिएको थियो। वीरगन्जको नारायणी अस्पतालले किशोरी नाबालिग नरहेको प्रमाण बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad