समाज


प्रधानमन्त्रीलाई ब्रिफिङ : असन्तुलित भएर विमान खस्यो, बस्ती जोगाउन खोजेको देखियो

प्रधानमन्त्रीलाई ब्रिफिङ : असन्तुलित भएर विमान खस्यो, बस्ती जोगाउन खोजेको देखियो

जहाज दुर्घटनापछि प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ १, २०७९ आइतबार १२:५६, काठमाडौँ

यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। 

गृहमन्त्री रवि लामिछानेसहित पुगेका प्रधानमन्त्रीलाई त्यहाँ विमानस्थल अधिकारीहरुले दुर्घटनाको सम्भावित कारणबारे ब्रिफिङ गरेका छन्। 

विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रले प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई त्यहाँ दुर्घटनाबारे ब्रिफिङ गरेका हुन्। 

'विमान दुर्घटनामा धेरै कारण हुन्छन्, त्यसबारे बुझ्न समय लाग्छ। तर अहिलेसम्म हेर्दा असन्तुलित भएर जहाज खस्यो', विमानस्थल अधिकारीहरुले प्रधानमन्त्रीलाई भने, 'के कारणले असन्तुलित भयो भन्ने कुनै कुरा खुलेको छैन।'

ब्रिफिङका क्रममा पाइलटले बस्ती जोगाउन विमानलाई खोंचतिर लगेको अनुमान बताइएको थियो। 'बस्तीमा विमान खसेन, खोंचमा गएर खसेको छ', ब्रिफिङमा भनिएको छ, 'यसको विस्तृत कारण अनुसन्धान र छानबिनपछि खुल्छ।'

त्यस क्रममा प्रधानमन्त्रीले उद्धारमा तीव्रता दिएर छिटोभन्दा छिटो कारण पत्ता लगाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .