ad ad

समाज


यती विमान दुर्घटना : पहिचान भएका शव आजै आफन्तलाई बुझाइने

यती विमान दुर्घटना : पहिचान भएका शव आजै आफन्तलाई बुझाइने

फाइल।


नेपालखबर
माघ २, २०७९ सोमबार ८:२, काठमाडौँ

पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा भेटिएका शवहरु आज आफन्तलाई जिम्मा लगाइँदैछ। पहिचान भएका शवहरु आफन्तलाई जिम्मा लगाउने र पहिचान हुन नसकेकालाई काठमाडौं लाने तयारी भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए। 

उनका अनुसार ६६ वटा शव फेला परेका छन्। बाँकी ६ जनाको खोजी कार्य जारी भएको उनले जानकारी दिए। ६६ वटा शवहरु गण्डकी अस्पतालमा राखिएको छ। 

‘हामीले प्लेनबाट हिजो तान्न पनि जटिल भयो। ६३ वटामध्ये पहिचान भएका शवहरु आफन्तहरुलाई बुझाउँछौं,’ केसीले नेपालखबरसँग भने, ‘अरु विदेशी, चालक दलका सदस्य र काठमाडौं आफन्त भएका आफन्तको हकमा हेलिकोप्टरबाट काठमाडौं नै पुर्याउँछौं।’

जतिसक्दो चाँडो भेटिएका शवहरु आफन्तलाई जिम्मा लगाउने र बाँकीको खोजी गर्न आफूहरु लागिपरेको उनले बताए। 

बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिइरहेको छ। 

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो।

आइतबार दिनभर पनि उद्धार कार्य जारी थियो। विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .