काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट एक बालिकाको निधन भएको छ। बनेपाबाट काभ्रेको खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा ८ वर्षीय बालिकाको निधन भएको हो।
बसको ठक्करबाट बालिकाको निधन भएपछि स्थानीयहरु आक्रोशित भएर बसमा आगजनी गरेका छन्।
अहिले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। बालिकाको शव घटनास्थलमै रहेको उनले बताए।
स्थानीयले सडक बन्द गराएका छन्। सडक खुलाउन पहल भइरहेको ढुण्डिराज न्यौपानेले नेपालखबरलाई जानकारी दिए।
माघ १९, २०७९, बिहीबार
प्रतिक्रिया