ad ad

समाज


यातायात मजदुरको उग्र आन्दोलन, सडकमै गाडी तेर्स्याए, प्रहरीको गाडी जलाए

यातायात मजदुरको उग्र आन्दोलन, सडकमै गाडी तेर्स्याए, प्रहरीको गाडी जलाए

बालाजु क्षेत्रमा तैनाथ प्रहरी


नेपालखबर
फागुन १, २०७९ सोमबार १८:३०, काठमाडौँ

जरिवानासम्बन्धी ट्राफिक प्रहरीको नयाँ नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्र अस्तव्यस्त बनाएका छन्। 

सडकमा नै सवारीसाधन तेर्स्याएर उनीहरुले सडक अवरुद्ध गर्दा अवस्था तनावग्रस्त भएको छ। 

यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका हुन्। 

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ। 

यातायात मजदुरहरुले सडकमा सवारी साधन तेर्स्याएर विरोध जनाएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध छ। 

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडक अवरुद्ध गरेको सवारीसाधनका चालकहरुले बताए। 

बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि त्यस क्षेत्रको यातायात आवागमन ठप्प भएको छ। मजदुरहरुले प्रहरीका केही भ्यानसमेत जलाएका छन्। 

अवरोधका कारण अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन्। यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ।

मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन्। यातायात अवरुद्ध हुँदा उक्त रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन्।

उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका हुन्। यतिबेला नेपाल प्रहरीले यातायात सुचारु गर्न प्रयास गरिहरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .