समाज


शुक्रबारसम्म छैन हिमपात र वर्षाको सम्भावना

तीन दिन यस्तो रहनेछ मौसम
शुक्रबारसम्म छैन हिमपात र वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार ६:५८, काठमाडौँ

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले आगामी तीन दिन अर्थात् शुक्रबार रातिसम्म कतै हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी स्थानमा सामान्यतया सफा छ। 

बुलेटिनअनुसार दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाको बुलेटिनअनुसार बिहीबार दिउँसो (दिनमा) सुदूरपश्चिम साथै प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत प्रदेश नम्बर १ को  पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।

बुलेटिनअनुसार शुक्रबार दिउँसो (दिनमा) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार राति पनि देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .