समाज


तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना

तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०७९ आइतबार ७:२, काठमाडौँ

आज तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। यस्तै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून
मौसम महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना त छ तर एकदमै न्यून छ। ‘काठमाडौँ उपत्यकामा पनि छिटफुट पानी पर्ने सम्भावना देखिएको छ, तर त्यो सम्भावना एकदम कम छ’, उनले भनिन्। 

यसैबीच आज बिहान ६:४५ बजेको मापनअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .