बाँकेको कोहलपुरमा नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र १५ वर्षीय अनिल भट्टराई रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामप्रसाद घर्तीका अनुसार बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल र भट्टराई ज्ञानज्योति स्कुलका विद्यार्थी हुन्।
मंगलबार सिमरी नदीको बन्दा नहरमा नुहाउन जाँदा उनीहरु डुबेका प्रहरीले जनाएको छ। नहरमा नुहाउन गएका पाँचमध्ये दुई जना डुबेको जानकारी आफन्तले दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
दुई किशोरको मृत्यु भएको घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
9
Shares
प्रतिक्रिया