मकवानपुरमा एकजना किसानको कान छिमेकीले टोकेर छिनाइदिएका छन्।
मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरे घर भएका ४९ वर्षीय टेकप्रसाद न्यौपानेलाई उनकै छिमेकीले कुटपिट गरी टोकेर कान नै छिनाइदिएका हुन्।
आफ्नै बारीमा सोमबार बिहान मकै छर्न पुगेका ४९ वर्षीय न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाईं र कृष्णप्रसाद चौलागाईंले कुटपिट गरी कान टोकेर छिनाइदिएका हुन्।
न्यौपानेमाथि चौलागाईंद्वयले कुटपिट गरेपछि बायाँ कान टोकेर छिनाइदिएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले बताइन्।
संगीताले घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिन पुगेकी थिइन्। तर चौलागाईद्वयविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्नै नमानेको पीडित पक्षले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको जनाएको छ।
प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले सोमबार नै दुवै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न भनिएको बताए।
प्रतिक्रिया