नक्कली भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्साको वीरगञ्ज ८ स्थित होटल साह प्याराडाइजमा चेकजाँचको क्रममा रियाज देवानलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट २ हजार दरको नक्कली भारतीय नोट तीन थान बरामद भएको छ।
उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया