ad ad

समाज


एसईई आजबाट सुरु, तस्बिरमा हेर्नुहोस्

एसईई आजबाट सुरु, तस्बिरमा हेर्नुहोस्

परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तस्बिरहरू : सरोज बैजु/नेपालखबर


सरोज बैजु
चैत १७, २०७९ शुक्रबार ९:८, काठमाडौँ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजे परीक्षा सुरु भएको हो। 

आज पहिलो दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन्। 

एसईईका लागि देशभर २ हजार ३६ र जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयले जानकारी दिएको छ। 

चैत २९ गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विद्यार्थीहरू परीक्षाकेन्द्रमा पुगेर परीक्षा सुरु गरिसकेका छन्। 

काठमाडौं उपत्यकाका केही तस्बिरः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .