ad ad

समाज


वैदेशिक रोजगारीमा गएकाको बीमा रकम ठगी गर्ने थप दुई जना पक्राउ

वैदेशिक रोजगारीमा गएकाको बीमा रकम ठगी गर्ने थप दुई जना पक्राउ

नेपालखबर
चैत २६, २०७९ आइतबार १८:३५, काठमाडौँ

वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बिमाबापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन्।

मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बीमा बापतको रकम मृतक आफन्तहरूलाई दिलाई दिन्छु भन्दै बीमाबापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका राम बहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौं गोगंबुबाट पक्राउ गरेको थियो। 

विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित प्रहरीले फेला पारेको थियो। 

घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार काठमाडौं महानगरपालिका–११ बाट र बुढाथोकीलाई शनिबार भक्तपुर,भक्तपुर नगरपालिका–१० कमलविनायकबाट पक्राउ गरेको हो।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .