काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको छ।
बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ्सको छाताअन्तर्गत नेपालमा विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १९९३ मा नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना गरेका थिए।
नर्भिक देशकै एक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको अस्पतालको दाबी छ।
नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवाहरू सहित एनएबीएल मान्यताप्राप्त तथा आईएसओ ९००१एम२०१५ मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल हो। त्यति मात्र होइन, क्याथेटराइजेशन ल्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको अस्पताल पनि हो। यहाँ स्तरीय इनभेसिभ र नन–इनभेसिभ कार्डियाक सुविधा उपलब्ध छन्।
३०औँ वार्षिकोत्सवको अवसरमा नर्भिकको व्यवस्थापनले केही अफरहरु समेत ल्याएको छ।
अस्पतालले ल्याएका छुट सुविधा यसप्रकार छन्ः
अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट।
लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट।
आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट।
म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट।
पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने।
वैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गरिने।
Shares
प्रतिक्रिया