समाज


राशिफल २१ असार: मेषको यात्रा रमाइलो हुने, कर्कटलाई मित्रबाट सहयोग, तपाईँको दिन कस्तो?

राशिफल २१ असार: मेषको यात्रा रमाइलो हुने, कर्कटलाई मित्रबाट सहयोग, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
असार २१, २०८३ आइतबार ४:३७, काठमाडौँ

आइतबार, २१ असार २०८३ (५ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुनेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मन्त्र- जोखिम होइन, रणनीति रोजौँ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: कठोर परिश्रम गर्नुपर्ने समय छ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४७, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। झुट नबोल्ने।

मिथुन: मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। मन्त्र- भावनालाई होइन, विवेकलाई सुन्नु बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: मित्रबाट विशेष सहयोग मिल्नेछ। मनोरञ्जन कार्यक्रममा सहभागी भइनेछ। प्राविधिक कामबाट सफलता मिल्ला। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ आकासे र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह: सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। शुभ मन्त्र- फरक सोचले नै सफलता दिलाउँछ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। रमाइलो यात्राको योग छ। शुभ कार्यमा सरिक भइनेछ। शुभ मन्त्र- निरन्तरता नै मेरो सुपर पावर हो।

भाग्यशाली रङ घ्यु रङ र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: मन भावुक र उत्ताउलो बन्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ सेतो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक: सफल यात्राको योग छ। आँटे-ताकेको पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: मेहनतीका लागि दिन फलदायी रहनेछ। रोकिएका पुराना काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ। नजिकका व्यक्ति टाढिन सक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: सामाजिक सभासमारोहमा भाग लिइनेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। अधुरा कार्य पूरा हुने छन्। रमाइलो यात्रा हुन्छ। परिवारसँग दिन बित्ला। समग्रमा दिन सकारात्मक छ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मीन: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad