बुधबार, २४ असार २०८३ (८ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: लाभ-हानिको दृष्टिले सामान्य रहनेछ। आफन्तसँग सामान्य मतभेद हुनसक्ने भएकाले संयमित व्यवहार गर्नु उचित हुनेछ। हतारमा दिएको वचनले पछि अप्ठ्यारो पार्न सक्छ। साँझतिर भने सुखद समाचार प्राप्त भई मन हलुका बन्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
वृष: नयाँ कार्यको प्रारम्भ गर्ने अनुकूल समय रहेको छ। प्रेरणादायी व्यक्तिसँगको सहकार्यबाट नयाँ अनुभव प्राप्त हुनेछ। सिर्जनात्मक तथा व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। धर्म, सेवा र सामाजिक कार्यमा मन आकर्षित रहनेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
मिथुन: सांस्कृतिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। रमणीय स्थानको भ्रमणले मन प्रफुल्लित बनाउनेछ। पेसागत क्षेत्रमा सम्मान बढ्नेछ भने नयाँ व्यक्तिसँग परिचय हुने सम्भावना पनि देखिन्छ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६६, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कट: अनुहारमा कान्ति र मनमा उत्साह रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्ने सम्भावना छ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ र आफ्ना काममा आत्मविश्वास बढ्नेछ। मन्त्र- म लक्ष्यमा प्रतिबद्ध छु।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: स्वास्थ्यप्रति केही सजग रहनुपर्ने दिन छ। यात्राका क्रममा सामानको सुरक्षा गर्नु उचित हुनेछ। आर्थिक पक्षमा सामान्य दबाब महसुस हुन सक्छ। हतारमा नयाँ योजना कार्यान्वयन गर्दा कठिनाइ आउन सक्छ, त्यसैले धैर्य अपनाउनु राम्रो हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४०, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या: लामो समयदेखि अधुरा रहेका काम सम्पन्न हुनेछन्। आम्दानीका नयाँ स्रोततर्फ अघि बढ्न सकिनेछ। रमाइलो यात्रा तथा नयाँ व्यक्तिसँग परिचयको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा पनि सकारात्मक संकेत देखिन्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला: साथीभाइसँग रमाइलो समय बित्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। स्वास्थ्य तथा सुन्दरतामा खर्च बढ्नेछ। मन्त्र- म बहानाभन्दा जिम्मेवार बन्छु।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: हितैषी तथा परिवारजनबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। मनमा सकारात्मक ऊर्जा बढ्नेछ र आत्मविश्वासका साथ कार्य अघि बढाउन सकिनेछ। समग्रमा दिन उत्साहजनक रहनेछ। मन्त्र- धैर्यताले सही समय ल्याउँछ।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७०, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
धनु: शारीरिक थकान तथा मानसिक अस्थिरता महसुस हुन सक्छ। खर्च बढ्दा आर्थिक दबाब आउन सक्ने सम्भावना छ। पारिवारिक विषयमा केही झन्झट देखिए पनि साँझपख सकारात्मक सोचले परिस्थिति सहज बनाउनेछ।
भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ३९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: शुभ समाचार प्राप्त हुने सम्भावना छ। आत्मविश्वास र हिम्मत बढ्नेछ। सहयोगी व्यक्तिको साथले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ र व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गाईलाई रोटी वा खानेकुरा दिने। झुट नबोल्ने।
कुम्भ: आकर्षक पहिरनले व्यक्तित्वमा थप निखार ल्याउनेछ। रोकिएका कामहरू सम्पन्न हुने सम्भावना छ। प्रेम तथा दाम्पत्य सम्बन्ध अझ प्रगाढ बन्नेछ। मन्त्र- प्रयास कहिल्यै खेर जाँदैन।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मीन: मनमा शान्ति र आत्मविश्वास बढ्नेछ। अधुरा कार्य पूरा हुने तथा नयाँ कामको शुभारम्भ गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। मन्त्र- मेरो सोच नै मेरो शक्ति हो।
भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
Shares

प्रतिक्रिया