समाज


डोल्पामा निर्माण सकिन लागेको पुल भाँचियो, केही हताहत भएको आशंका

डोल्पामा निर्माण सकिन लागेको पुल भाँचियो, केही हताहत भएको आशंका

भेरी नदीमाथि निर्माणाधीन पुल भाँचिएपछि। तस्बिर : नेपालखबर


दिनेश बुढा
बैशाख ७, २०८० बिहिबार १४:१५, सुर्खेत

डोल्पामा निर्माणाधीन अवस्थाको पुल भत्किएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बिहीबार दिउँसो तल्लुबगरमा भेरी नदीमाथि बन्दै गरेको बेलिब्रिज भाँचिएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्स्पेक्टर नवीन चापागाईंले घटनाबारे प्रारम्भिक जानकारी आएको बताए।

‘पुल भत्किएको जानकारी त प्राप्त भयो। टेलिफोन नेटर्वक पनि भर्खरै आएकाले हामी थप बुझ्दै छौँ। आधिकारिक जानकारी आएपछि घटनाबारे स्पष्ट हुनेछ’, उनले भने। 

बन्दै गरेको बेलिब्रिज सञ्चालनमा आउने क्रममा थियो। तर, सञ्चालनमा आइनसक्दै भत्किएको छ। 

बेलिब्रिज जोड्ने क्रममा भाँचिदा केहीको घटनास्थलमै ज्यान गएको बताइएको छ।

तर मृतक र घाइतेहरुबारे आधिकारिक पुष्टि हुन सकेको छैन। घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .