गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल जेलमुक्त भएका छन्।
१० वर्षको कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट मुक्त भएका हुन्।
बाहुनलाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते पक्राउ गरेको थियो।
267
Shares

प्रतिक्रिया