चितवनको मादी क्षेत्रबाट एउटा पाटेबाघ नियन्त्रणमा लिइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का अनुसार आइतबार राति सो पोथी पाटेबाघको उद्धार गरिएको हो।
सो बाघलाई नियन्त्रणमा लिन कोषका प्राविधिकहरू, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको संयुक्त टोली खटिएको थियो। बाघलाई डार्ट गरेर सुरक्षितरूपमा नियन्त्रणमा लिइएको हो।
एनटीएनसीका अनुसार सो पाटेबाघ विगत ६ महिनादेखि मानव वस्तीमा छिर्ने र घरपालुवा जनावरको सिकार गर्ने गरेको थियो।
सो बाघलाई अहिले चितवनस्थित खोरमा राखेर निगरानी गरिएको छ। एनटीएनसीका अनुसार चालु आर्थिक वर्षमा तीन वटा बाघलाई उद्धार गरिएको छ।

प्रतिक्रिया