समाज


कोरोना : थप एक संक्रमितको मृत्यु, ८२ जनालाई संक्रमण

कोरोना : थप एक संक्रमितको मृत्यु, ८२ जनालाई संक्रमण

नेपालखबर
बैशाख १४, २०८० बिहिबार ६:१५, काठमाडौँ

कोरोना भाइरसको संक्रमणबाट बुधबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एकजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। 

यसैगरी बुधबार १ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा संक्रमण देखिएको छ। सक्रिय संक्रमितको संख्या तीन सय ६१ पुगेको छ। उपचारपछि बुधबार ६५ जना घर फर्किएका छन्। 

यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आईसीयू) र एक जना भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ। शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .