समाज


असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार २१:१७, काठमाडौँ

सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिमा राष्ट्रिय शिक्षा दिवस मनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताए।

सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेका थिए।

विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस ९सेप्टेम्बर ८० कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलगअलगरुपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन सकेको थिएन।

राष्ट्रिय दिवसको नयाँ मिति निर्धारणको निर्णय मन्त्रिपरिषद्बाट प्राप्त भएपछि विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गर्ने र स्नाताकोत्तर, स्नातक तहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, राष्ट्रिय र प्रादेशिकरुपमा उत्कृष्ट विद्यालयलाई शिल्ड, ध्वजा र नगद पुरस्कार तथा शिक्षासेवी पुरस्कार दिनेलगायत कार्यक्रमको तयारीमा मन्त्रालय लाग्ने प्रवक्ता शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad