जथाभावी खाेला उत्खननकाे विराेध गर्दा हत्या गरिएका दिलीप महताे अध्यनरत भारतको भोपाल स्थित पिपुल्स कलेजका विद्यार्थीले उनको हत्या विरोधमा प्रदर्शन गरेका छन्।
दिलीपलाई पर्यावरणीय सहिद घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले ‘गुन्डाको अत्याचारबाट सबैले छुटकारा पाओस्, क्रसर सञ्चालकको व्यवसाय बन्द गर, स्थानीय चौकमा दिलीपको प्रतिमा बनाउनु पर्याै, गुन्डा राज बन्द गर, दोषीलाई हैदसम्मको कानुनी कारबाही गर’ लगायतको नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिएन्।
आइतबार साँझ ७ बजे सोही कलेजमा दिप प्रज्वलन गरी मृत आत्माको चिरशान्तिको कामना गर्दै दिलीपप्रति श्रद्धाञ्जली अर्पण समेत गरिएको सोही कलेजमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी अजयकुमार महतोले जानकारी दिए।

दिलीपि पिपुल्स कलेजमा विटेक ईन्जिनियरिङ अन्तिम वर्षमा अध्ययन गर्दै थिए। चारवर्षे ईन्जिनियरिङको चौथो वर्षको अन्तिम परीक्षा लगत्तै घर फर्केका उनकाे गत शुक्रबार बिहान ४ बजे अरही खोलामा भइरहेको उत्खनन रोक्न जाँदा कुटपिट गरी टिपरले किचेर हत्या गरिएको थियो।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप दुईवर्षदेखि अवैध खोला उत्खनन विरुद्धकाे अभियानमा लागेका थिए। विदामा घर आएको बेला उनले त्यो अभियानको नेतृत्व गर्ने गरेका थिए।

प्रतिक्रिया