ad ad

समाज


सप्तरीको तिरहुतमा बाँडियो भारतीय सहयोगको ग्यास चुल्हो र सिलिन्डर

सप्तरीको तिरहुतमा बाँडियो भारतीय सहयोगको ग्यास चुल्हो र सिलिन्डर

नेपालखबर
जेठ २३, २०८० मंगलबार १९:६, काठमाडौँ

वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमार र नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले सप्तरीको तिरहुत गाउँपालिकामा विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान प्रदान गरेका  छन्। 

सर्लाही, रौतहट र सप्तरी जिल्लाका विपन्न परिवारलाई भारत सरकारद्वारा कुल ३ हजार सेट ग्यास चुलो र १४.२ केजी सिलिन्डर र नियामक तथा पाइप लगायतका अन्य सामान प्रदान गरिएको हो।

सर्लाहीको कौदेना नगरपालिकामा १९ अप्रिल, २०२३  मा करिब ५०० सेट वितरण गरिएको थियो।

त्यस कार्यक्रममा तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, सप्तरीका एसपी नरेन्द्र कार्कीसहित सरोकारवालाहरुको उपस्थिति थियो।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा सामाजिक-आर्थिक जाति गणना सूचीबाट परिवार पहिचान गरिएको हो। 

वितरण प्रक्रियाका लागि समाज कल्याण परिषद्लाई पनि जोडिएको छ। यसका लागि भारत सरकारले नेपाली रुपैयाँ दुई करोड चार लाख ९९ हजार स्वीकृत गरेको छ।

कन्सुल जनरलज्यूले लाभार्थीहरूलाई बधाई दिँदै परम्परागत खाना पकाउने इन्धनको प्रयोगले ग्रामीण महिलाको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने बताए। 

यी एलपीजी ग्यास चुलो र सिलिन्डर उपहारले नेपाललाई भारतको निरन्तर समर्थन झल्काउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .