समाज


स्कुटरलाई ठक्कर दिँदा चालकको ज्यान गएपछि जलाइयो बस

स्कुटरलाई ठक्कर दिँदा चालकको ज्यान गएपछि जलाइयो बस

नेपालखबर
जेठ २५, २०८०, बिहीबार , काठमाडौँ

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित पूर्व-पश्चिम राजमार्गमा एउटा यात्रुवाहक बस जलाइएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मंगलबारे सडकखण्डनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बस जलाइएको हो।

पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजानी गरेका हुन्। 

ठक्करबाट स्कुटरमा सवार झापाको कमल गाउँपालिका-२ निवासी पवन सुवेदीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। 

झापाको कन्काई नगरपालिका-३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुवेदीको शव मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ।

जेठ २५, २०८०, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .