समाज


नेपालमा महिलाले १८ र पुरुषले २० वर्षको उमेरमा पहिलोपटक यौन सम्पर्क राख्छन् : अध्ययन

नेपालमा महिलाले १८ र पुरुषले २० वर्षको उमेरमा पहिलोपटक यौन सम्पर्क राख्छन् : अध्ययन

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार ७:५, काठमाडौँ

नेपालमा पहिलोपटक यौन सम्पर्क पुरुषले भन्दा महिलाले छिटो गर्ने एक अध्ययनले देखाएको छ। 

हालै सार्वजनिक नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ अनुसार पहिलोपटक यौन सम्पर्क महिलाले १८ वर्ष र पुरुषले २० वर्षको उमेरमा राख्ने गरेको पाइएको हो। 

उक्त सर्वेक्षणअनुसार २५–४९ वर्षका महिलाले पहिलोपटक यौन सम्पर्क राख्दाको उमेर १८ वर्ष छ भने पुरुषहरूले पहिलो यौन सम्पर्क राख्दाको उमेर २० वर्ष देखिएको हो। 

यस्तै भौगोलिक हिसाबले पनि पहिलोपटक यौन सम्पर्क राख्ने उमेर फरक देखिएको सर्वेक्षणमा उल्लेख छ।

सर्वेक्षणमा भनिएको छ‚ ‘भौगोलिक क्षेत्रका आधारमा महिलाहरूले पहिलो यौन सम्पर्क राख्ने उमेरमा भिन्नता देखिएको छ। तराई क्षेत्रका महिलामा १७.८ देखि लिएर पहाडी क्षेत्रका महिलामा १९.० वर्षसम्म रहेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad