धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुङ्गे पुलबाट बिहीबार साँझ दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन्। प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा बेपत्ता भएका छन्। पुरुष भने सकुशल रहेको जनाइएको छ।
६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमती नदीमा हाम फालेका हुन्।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ। इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी खगेन्द्र खड्काले उद्धार गरिएका विनयको उपचार भइरहेको र बेपत्ताको खोजी भइरहेको नेपालखबरलाई बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए। घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशूली नदिको पुलको करिब एक किलोमिटर वर पर्छ।
नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको डीएसपी खड्काले बताए। प्रहरीका अनुसार विनयले अहिले थप केही बताएका छैनन्। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया