समाज


प्रहरीले सार्वजनिक गर्‍यो २०८० को वार्षिक कार्ययोजना

प्रहरीले सार्वजनिक गर्‍यो २०८० को वार्षिक कार्ययोजना

नेपालखबर
असार २२, २०८० शुक्रबार १८:३६, काठमाडौँ

नेपाल प्रहरीले वि.सं. २०८० का लागि कार्ययोजना सार्वजनिक गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रममा वार्षिक कार्ययोजना सार्वजनिक गरिएको हो। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना-२०८० उक्त कार्ययोजना सार्वजनिक गर्दै प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुरक्षा कायम राख्न प्रतिवद्ध रहेको बताए। 

उनले अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवम् सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने गरी कार्ययोजना ल्याइएको बताए। 

कुँवरले कार्ययोजनाको प्रमुख उद्देश्य प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने भएको बताए। उनले सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वामित्व लिई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने बताए। 

कार्ययोजनाले समयानुकूल सांगठनिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। 

कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्य अनुरूपको कार्यगत उद्देश्य र १ सय ८३ वटा क्रियाकलाप छन्। नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण योजनातर्फ ५ वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ ४ वटा गरी प्राथमिकताको आधारमा जम्मा ९ वटा बेन्चमार्क गतिविधि निर्धारण गरिएको छ।

प्रहरी कर्मचारीको संघीय संरचना अनुरुप समायोजन गर्ने लगायतका १३ वटा मुख्य लक्ष्यहरू रहेको उक्त कार्ययोजनामा सरकारको न्यूनतम साझा कार्यक्रमहरू, आ.व. २०८०/८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्रहरू, नेपाल प्रहरीको रणनीतिक योजना, विगतमा कार्यान्वयन गरिएका कार्ययोजनाहरूको अध्ययनको साथै प्राथमिकताका क्षेत्रहरूको पहिचान, वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधिहरू निर्धारण गरिएका छन्।

प्रहरीले गर्दै आइरहेको कार्यलाई योजनावद्ध एवं व्यवस्थित ढङ्गले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जानेछ।

छलफल तथा प्रस्तुतीकरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू र विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad