समाज


मन्टेश्वरीमा बालकको मृत्यु, तीन जना पक्राउ

मन्टेश्वरीमा बालकको मृत्यु, तीन जना पक्राउ

रासस
असार २७, २०८० बुधबार १२:१६, काठमाडौँ

सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि झापाको मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगरकै ४५ वर्षीय मनोज गुरुङ, ३५ वर्षीया रमा सुनार र २४ वर्षीया अनिसा पोखरेल छन्।

मन्टेश्वरीका सञ्चालक काठमाडौं ३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार छन्।

मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् । 

सेप्टिक ट्यांकीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए।

गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए। बालकको शव  हाल बीएन्डसी अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad