समाज


भक्तपुरमा नेवार समुदायको लाखे नाच (तस्बिरहरू)

भक्तपुरमा नेवार समुदायको लाखे नाच (तस्बिरहरू)

नेवार समुदायमा नाचिने विभिन्न नाचमध्येको यो लाखे नाच विशेषगरी गुँला पर्व र इन्द्र जात्रामा काठमाडौं उपत्यकामा देखाइन्छ


सरोज बैजु
भदौ २, २०८० शनिबार २१:५०, काठमाडौँ

भक्तपुरमा नेवार समुदायले मनाउने लाखे नाच देखाइएको छ। नेवार समुदायमा नाचिने विभिन्न नाचमध्येको यो लाखे नाच विशेषगरी गुँला पर्व र इन्द्र जात्रामा काठमाडौं उपत्यकामा देखाइन्छ। 

शनिबार साँझ ओखलढुंगा सेवा समाजले भक्तपुरमा जात्रा बाट निकालेको छ। 

ओखलढुंगाबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेशा व्यवसाय गरी बस्ने बासिन्दाहरूले जात्रा निकालेको बर्मलालराज भण्डारीले जानकारी दिए।

‘पुस्तौंदेखि नेवार समुदायले लाखे जात्रा निकालेको हो,’ उनले भने, ‘ओखलढुंगामा जसरी गरिन्थ्यो त्यसैगरी आज यहाँ निकालेका हौं।’

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ।

‘राक्षस् मात्र नभई देवीको रुपमा पनि लिएको जसको घरमा लाखे नाच्न जान्छ त्यहाँ राम्रो हुने विश्वास छ,’ अध्यक्ष भण्डारीले भने।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .