समाज


माछा मार्न गएका युवकको नारायणीमा डुबेर मृत्यु

माछा मार्न गएका युवकको नारायणीमा डुबेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार ७:४०, नवलपरासी पूर्व

नारायणी नदीमा डुबेर नवलपरासी पूर्वमा एक युवकको मृत्यु भएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
  
शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको शव आइतबार साँझ फेला परेको हो। 

नदीबाट स्थानीयले शव निकालेपछि प्रहरीलाई खबर गरेका प्रहरीले जनाएको छ।  साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरर उनको खोजी गरिएको थियो।

पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए।

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर उनी नदीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad