भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.शिवजी पौडेल नियुक्त भएका छन्।
उनीहरुमध्येबाट अस्पताल सञ्चालक समितिले डा.पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सञ्चालक समिति सदस्य डा अनिलविक्रम कार्कीले जानकारी दिए।
आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा.पौडेललाई सोमबार बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
सोही उपसमितिले तीन जनाको नाम सिफारिस गरेको हो। डा.उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, डा.ज्ञवाली स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव र डा.विश्वकर्मा सञ्चालक समिति सदस्य छन्।
डा.पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ छन्। उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत हुन्।
निवर्तमान कार्यकारी निर्देशक डा.देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।
अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ।
कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएपछि सञ्चालक समितिले अत्यावश्यक कामका लागि आर्थिक अधिकार अध्यक्ष डा.विजयराज न्यौपानेलाई दिएको थियो। रासस
Shares

प्रतिक्रिया