समाज


स्वास्थ्य र कृषि एम्बुलेन्सपछि सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

स्वास्थ्य र कृषि एम्बुलेन्सपछि सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

नेपालखबर
भदौ ११, २०८० सोमबार १०:५२, उदयपुर

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनको तयारी गरेको छ। 

यसका लागि गाउँपालिकाले बससमेत खरिद गरिसकेको छ।

सो बस मार्फत् पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्नको लागि सेवा दिइने गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताए। 

‘गाउँपालिकाले कार्यविधि बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न लागेको छ,’ विश्वकर्माले भने, ‘पहाडी पालिका भएकाले गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न समस्या छ। यसको समाधानका लागि यातायात सेवा सञ्चालनमा गर्न लागेका हौँ।’

यसअघि गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ। 

अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजारसम्म पु¥याइदिने गरेको बताए। 

‘गाउँपालिका क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .