समाज


सुन तस्करी प्रकरण : यसरी गरेको थियो सीआईबीले अनुसन्धान

सुन तस्करी प्रकरण : यसरी गरेको थियो सीआईबीले अनुसन्धान

सीआईबीले बरामद गरेका सुनसम्बन्धी सामान। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २७, २०८० बुधबार १२:३०, काठमाडौँ

साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फरक फरक टोली बनाएर अनुसन्धान गरिएको जनाएको छ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले साउन ३ गते बरामद भएको उक्त सुन प्रकरणको अनुसन्धानका लागि आफूहरुले घटनाको १९ औँ दिनमा फाइल बुझेको बताइन्।

राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेर पक्राउ परेका १६ जनासहित उक्त प्रकरणको फाइल सीआईबीलाई बुझाएको थियो।

साउन २२ गते सीआईबीको जिम्मामा यो मुद्दा आएपछि अनुसन्धानका क्रममा थप ३१ जनालाई पक्राउ गरेको थियो। 

सीआईबीले १६० थान ब्रेक प्याडसहित बरामद आठ कार्टुनबाट करिब ६१ केजी सुनको अनुसन्धानका क्रममा तस्करीमा संलग्नले ३ अर्बभन्दा धेरैको भित्र्याएको पाइएको जनाएको छ।

यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले सुरुमा ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान टोली बनाएको थियो। 

त्यसपछि अनुसन्धानको दायरा फराकिलो बनाउने क्रममा सीआईबी प्रमुख बज्राचार्यले प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलले संयोजन गर्ने गरी अर्को टोली गठन गरेकी थिइन्। 

‘यो प्रकरणमा धेरै जटिलता देखिएपछि हामीले यसका नेक्सस र कम्प्लिकेशनको गहिराईसम्म अनुसन्धान गर्न म आफैँले नेतृत्व गर्नुपरेको थियो’, बज्राचार्यले  भनिन्, ‘प्रविधिको प्रयोग र वैज्ञानिक रुपमा अनुसन्धान अघि बढाउन मेरै  नेतृत्वमा अर्को टोली  बनायौँ।’

सीआईबीबाट यो प्रकरणको अनुसन्धानका लागि ४२ जनाको टिमले काम गरेको बज्राचार्यले बताइन्। ‘४२ जनाको टिमले ३५ औँ दिनसम्म अनुसन्धान गरेको छ’, उनले भनिन्, ‘आज जिल्ला सरकारी वकिलसमक्ष प्रतिवेदन पेश गर्दैछौँ। अनुसन्धानका क्रममा यसको नेचर, नेक्सस र टेक्निकल पार्ट पनि हेरेका छौँ।’ 

४२ जनाको टोलीले प्राविधिक पाटो हेर्दै डिजिटल, इलेक्ट्रोनिक र फाइनान्सियल पाटोमा पनि अनुसन्धान भएको सीआईबीले जनाएको छ। 

‘हामीले दैनिक १८ घण्टा काम गरेका छौँ। ४२ जनाको टिमबाहेक अर्को पनि थियो अनुसन्धान टिम, जसले टेक्निकल टिमले आएको कुरा खोजी गर्यो’, उनले भनिन्, ‘त्यसपछि अप्रेशनल टिमले विभिन्न ठाउँमा गएर बरामद र पक्राउ गर्ने, भेरिफाई गर्ने काम भयो, अनुसन्धान पनि गरियो।’

त्यसपछि डीआईजी पोखरेलकै नेतृत्वमा अनुसन्धानको डकुमेन्टेशन टिम बनाइएको थियो। जसले जिल्ला सरकारी वकिलको कार्यालयसँगको परामर्शमा फाइल तयार गरेको थियो। 

यो प्रकरणमा सीआईबीले देश तथा विदेशमा पनि अनुसन्धानका लागि इन्टरपोलसँग जोडिएको नेपाल प्रहरीको एनसीबीको टिमसँग पनि सहयोग लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .