ad ad

समाज


करिब ८ लाखको इलेक्ट्रोनिक्स सामान बरामद

करिब ८ लाखको इलेक्ट्रोनिक्स सामान बरामद

नेपालखबर
असोज ५, २०८० शुक्रबार १४:२१, काठमाडौँ

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८० हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ।

गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख ५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाइटको बिलविजक नभएको पाइएपछि सुरक्षा वेश सन्तपुरले बरामद गरेको हो।

बरामद सामान गौर भन्सार कार्यालयमा बुझाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .