समाज


शान्ति समाजको प्रदर्शनबाट कृष्ण पहाडीसहित ११ जना पक्राउ (तस्बिर)

शान्ति समाजको प्रदर्शनबाट कृष्ण पहाडीसहित ११ जना पक्राउ (तस्बिर)

सरोज बैजु
असोज २२, २०८० सोमबार १६:५१, काठमाडौँ

विभिन्न अपराधमा जेल सजाय काटिरहेका व्यक्तिहरूलाई दिएइको आममाफी विरुद्ध प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति भवनअगाडि गरेको प्रदर्शनबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रामकृष्ण बरालसहित ११ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी (काठमाडौंको गौशाला बस्ने वर्ष  ६१), गोकर्णेश्वर–५ बस्ने वर्ष ५३ का पूर्वसभापति उत्तम पुडासैनी, सोही स्थानका वर्ष ४९ का केन्द्रीय सभापति रामकृष्ण बराल, स्याङजा घर भइ हाल गौशाला बस्ने वर्ष ३२ की महासचिव रेनुका पौडेल र सोही स्थानका वर्ष  ५४ का कोषाध्यक्ष किरण ढकाल रहेका छन्।

यसैगरी प्रहहरुले काठमाडौंको बौद्ध बस्ने वर्ष ४२ का केन्द्रीय सदस्य दिवाकर पुडासैनी, गोकर्णेश्वर–६ बस्ने वर्ष ३५ को भगवान पुडासैनी, ललितपुर बस्ने वर्ष ५६ का सचिव चन्द्रमणि बन्जरा, कागेश्वरी मनोहरा बस्ने वर्ष ४२ का आजिवन सदस्य मधु पुडासैनी, सोही नगरपालिकाका वर्ष ४३ का लक्ष्मण पुडासैनी र वर्ष ३६ की आजिवन सदस्य रीता अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा रहेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .