समाज


झापामा पूर्वराजा ज्ञानेन्द्र, यस्तो देखियो राप्रपाको शक्ति प्रदर्शन (तस्बिर)

झापामा पूर्वराजा ज्ञानेन्द्र, यस्तो देखियो राप्रपाको शक्ति प्रदर्शन (तस्बिर)

सरोज बैजु
मंसिर ९, २०८० शनिबार १४:४८, बिर्तामोड (झापा)

पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडस्थित इकम कलेज पुगेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आयोजनामा भएको यो कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार बेलुकी नै झापा पुगेका थिए। 

केहीबेरअघिमात्रै शाह कार्यक्रमस्थल पुगेका छन्। कार्यक्रमस्थलमा हजारौँ समर्थकहरूले पूर्वराजाको पक्षमा नारा लगाएका थिए। 

शाहलाई त्यहाँ बस्नका लागि छुट्टै आसन बनाइएको छ। राजासँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि मञ्चमै देखिएका छन्। 

उनले केहीबेरमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .