ad ad

समाज


दुर्गम जाजरकोटमा आयुष–एलिजेको सहयोग, स्थानीयले भने : हाम्रो बाटोबारे विश्वलाई भनिदिनू

दुर्गम जाजरकोटमा आयुष–एलिजेको सहयोग, स्थानीयले भने : हाम्रो बाटोबारे विश्वलाई भनिदिनू

नेपालखबर
मंसिर १२, २०८० मंगलबार २०:४३, काठमाडौँ

टिकटक स्टार आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)ले मंगलबार जाजरकोटको सबैभन्दा दुर्गम ठाउँमा पुगेर भूकम्प पीडितका लागि राहत वितरण गरेका छन्। 

झण्डै २० लाख बराबरको राहत बोकेर जाजरकोट गएका उनीहरूले कुसे गाउँपालिका डाँडाभौता भेगका १ सय ६५ घरधुरीलाई खाद्यान्न तथा नगदसहित राहत वितरण गरेका हुन्। 

साथै, सो क्षेत्रका ३ सय ६५ जना विद्यार्थीका लागि न्यानो कपडा समेत वितरण गरिएको छ। 

प्रत्येक घरधुरीमा १/१ बोरा चामलसहित दाल, नुन, तेललगायतको प्याकेज वितरण भएको कुशे–३ का वडाध्यक्ष वीरबहादुर बुढाले नेपालखबरलाई जानकारी दिए। 

साथै, प्रत्येक विद्यार्थीका लागि एक दर्जन कापी, कलम, ज्याकेट र सुरुवाल वितरण गरिएको छ।

भौगोलिक हिसाबले अत्यन्तै दुर्गम सो क्षेत्रमा भूकम्पपछि पालमात्रै पुगेको भन्दै वडाध्यक्ष बुढाले एलिजे र आयुषले राहत ल्याएकोमा खुसी व्यक्त गरे। 

‘यअसघि पाल मात्रै आएको थियो,’ उनले भने, ‘दुर्गम र विकट भएका कारणले यहाँकोही आउन पनि चाहेका थिएनन्। बाटो पनि निकै कष्टपूर्ण थियो। निकै दुःख पाएर उहाँहरू आइपुग्नुभयो। उहाँहरूप्रति हामी कृतज्ञ छौँ,’ उनले भने।

आयुष र एलिजेसँगै एलिजेहका बुवा, आमा र बहिनी पनि साथै गएका थिए। उनीहरूसमक्ष स्थानीयले आफ्ना समस्या दर्शाएका थिए। खासगरी स्थानीयले आफ्नो बाटोको बारेमा विश्वलाई जानकारी गराइदिन आग्रह गरे। 

‘हाम्रो बाटोको अवस्था संसारलाई देखाइदिनुहोला भनेर भनेका छौँ, यहाँका स्थानीयले पनि सोही कुरा भन्नुभएको छ,’ वडाध्यक्ष बुढाले भने। 

पाकिस्तानी टिकटकर एलिजेह र नेपाली आयुषबीच केही समयअघि मात्र दुबईमा टीकाटालो भएको हो। उनीहरू टिकटकमार्फत् नै परिचित भएका हुन्। म्युजिक भिडियोमा मोडलिङसमेत गरेका उनीहरू सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .