ad ad

समाज


प्रचण्डकी नातिनीको इन्गेजमेन्ट, बिहे २३ गते

प्रचण्डकी नातिनीको इन्गेजमेन्ट, बिहे २३ गते

नेपालखबर
मंसिर १३, २०८० बुधबार २२:२, काठमाडौँ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनको मंगलबार गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) भएको छ। 

उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ। 

प्रतिभा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। मंगलबार भएको टीकाटालोमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। 

प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्। रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका एक छोरी र छोरा छन्।

रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .