समाज


धुलिखेलमा मोटरसाइकलमा सवार बाबु-छोरीलाई टेलर गाडीले ठक्कर दियो

धुलिखेलमा मोटरसाइकलमा सवार बाबु-छोरीलाई टेलर गाडीले ठक्कर दियो

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार ८:४१, काभ्रे

काभ्रेको धुलिखेलमा आज बिहान टेलर गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरी घाइते भएका छन्। 

शुक्रबार बिहान पौने आठ बजे धुलिखेल-८ जिपलाईन नजिकै अरनिको राजमार्गमा धुलिखेलबाट खावातर्फ जाँदै गरेको लु ६५ प ३९७५ नम्बरको मोटरसाइकलाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख ७६७९ नम्बरको टेलर गाडिले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। 

ठक्करबाट मोटरसाइकलमा सवार काठमाडौँ बौद्धका ५२ वर्षीय ब्यास कार्की र उनकी २३ वर्षीया छोरी सिर्जना कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

घाइतेमध्ये सिर्जनाको अवस्था गम्भीर छ। उनीहरुलाई प्रहरीले उपचारको लागि धुलिखेल अस्पताल पुर्याएको छ। 

दुवै सवारी साधन र टेलर चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad