समाज


प्रश्नपत्र दिने बहानामा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, पक्राउ परे शिक्षक

प्रश्नपत्र दिने बहानामा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, पक्राउ परे शिक्षक

नेपालखबर
पुस ३, २०८० मंगलबार ७:२, रामेछाप

रामेछापको लिखुतामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। 

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। 

पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

सार्कीले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा आफूलाई  यौन दुर्व्यवहार गरेको किशोरीको आरोप छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad