समाज


ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

नेपालखबर
पुस १४, २०८० शनिबार २१:२१, काठमाडौँ

सिन्धुलीमा ट्र्याक्टरको ठक्करबाट आज पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नं को ट्र्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला) लाई ठक्कर दिएको थियो।

कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय गोपी वाइवाले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए।

उनका अनुसार बालिकालाई ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .