समाज


सुर्खेतमा गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला दहन

सुर्खेतमा गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला दहन

नेपालखबर
पुस १६, २०८० सोमबार १४:५३, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ। ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर कर्णालीका युवाहरूले पुत्ला दहन गरेका हुन्।

शुक्रबार बालकुमारीमा भएको (ईपीएस) कोरिया भाषा परीक्षाका विषयलाई लिएर भएको आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्रबहादुर शाह रहेका छन्।

प्रहरीको गोली र लाठी प्रहारबाट युवाहरूको मृत्यु भएपछि सरकारविरुद्ध आन्दोलन चर्केको हो।

शुक्रबार साँझबाट सुरु भएको आन्दोलनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन जारी छ।

पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग अघि सारेका छन्।

आन्दोलनका कारण सुर्खेतमा सोमबार सरकारी सवारी साधन चलाउनमा पूर्णरुपमा रोक लगाइएको छ।

टायर बालेर प्रदर्शन
प्रदर्शनकारीले नेपाल टेलिकम अगाडीको सडकमा टायर बालेका छन्। यस्तै, उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतको गेट अगाडि नाराबाजी गरे।

प्रदर्शनमन क्रममा उनीहरूले ‘युवा मार्न पाईदैन्, नालायक सरकार चाहिँदैन, गृहमन्त्री राजीनामा दे, हाम्रो आन्दोलन जारी छ’ जस्ता नाराहरू लगाएका थिए।

मृतकका आफन्त तथा कर्णालीका युवाहरुले सोमबार बिहानदेखि सुर्खेतमा सञ्चालित ७७ बढी सरकारी सवारी साधनहरू नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .