ad ad

समाज


जर्मन महिला मृत भेटिएको स्थानमा अनुसन्धान गर्दै प्रहरी (तस्बिरहरू)

जर्मन महिला मृत भेटिएको स्थानमा अनुसन्धान गर्दै प्रहरी (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
माघ १५, २०८० सोमबार १५:२, काठमाडौँ

ललितपुरको नागबहालमा जर्मनीकी एकजना महिला मृत भेटिएको स्थानमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सोमबार बिहान नागबहालमा ती जर्मन महिला मृत भेटिएकी थिइन्। ती महिला जर्मन नागरिक भएको पुष्टि प्रहरीले गरेको छ। उनको सनाखत भइसकेको छैन। 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएपछि तालिमप्राप्त कुकुरसहितको टोली पठाइएको बताए।

ती महिला एक वर्षदेखि नागबहाल क्षेत्रमा बस्दै आएको स्थानीयबासीले बताएका छन्। घटनाकाे  विस्तृत विवरण बुझ्न प्रहरीले अहिले अनुसन्धान थालिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .