दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ रिङ्गतालस्थित महाकाली नदीको किनारामा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सोही नगरपालिका १ छापरी बस्ने अन्दाजी ४२ वर्षीय मदन कुँवरले मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदीको किनारामा निर्माण भएको बाँधबाट खसेका थिए।
कुंवर नदीकिनारमा खसे लगत्तै नं. ४४ गण दार्चुलाबाट झोलुङ्गेपुल सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो।
उद्धार पश्चात उनलाई दार्चुलाको झोलुङ्गेपुलस्थित हेल्थडेस्कमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल दार्चुलातर्फ पठाइएको छ।
उनको टाउकोमा चोट लागेको छ सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
60
Shares

प्रतिक्रिया