ad ad

समाज


नेकपा माओवादीका नाममा ५० लाख माग गरेको आरोपमा दुईजना पक्राउ

नेकपा माओवादीका नाममा ५० लाख माग गरेको आरोपमा दुईजना पक्राउ

नेपालखबर
फागुन ८, २०८० मंगलबार १९:४३, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नामबाट डर त्रास देखाई चन्दा मागेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका १ बस्ने ३६ वर्षीय विश्वजित बटला भन्ने हृदयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका–३ बस्ने ३६ वर्षकै रमेश उपनामले चिनिने नरहरि ढुंगाना रहेका छन्।

केही ब्यक्तिहरूले योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन मार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई फागुन ६ गते काठमाडौंको चन्द्रागिरी–९ मच्छेगाउँबाट पक्राउ गरेको हो।

उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

पक्राउ परेका व्यक्तिहरूबाट एउटा मोटरसाइकल (सु.प.प्र.०१००९ प ६६१०) विभिन्न कम्पनीका मोबाइलहरू ४ थान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद १ ठेली बरामद भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .