ad ad

समाज


राति वर्षा र हिमपातको सम्भावना : कहाँ–कहाँ?

राति वर्षा र हिमपातको सम्भावना : कहाँ–कहाँ?

फाइल फाेटाे


नेपालखबर
फागुन ९, २०८० बुधबार २०:२६, काठमाडौँ

आज (बुधबार) राति पनि देशभर मौसम बदली भई पहाडी भेगमा वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ। 

यस क्रममा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। 

मौसम महाशाखाले बुधबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : कोसी र मधेस प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। जसका कारण मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .