ad ad

समाज


रोजिताले सम्झिइन् दुःखका दिन (भिडिओ)*

रोजिताले सम्झिइन् दुःखका दिन (भिडिओ)*

नेपालखबर
फागुन १६, २०८० बुधबार १३:५३, काठमाडौँ

पत्रकार एवं खगोल भौतिकशास्त्रकी विद्यार्थी रोजिता बुद्धाचार्यले आफ्ना संघर्षका दिनको अनुभूति सुनाएकी छन्।

काठमाडौँमा एक कार्यक्रम गरी मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला तथा युवा वैज्ञानिक सम्मान दिएको छ। त्यस क्रममा उनले विगतमा आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःख स्मरण गरेकी हुन्।

उनले अमेरिकाको मेरिल्यान्ड राज्यमा पर्ने बाल्टिमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा सन् २०१७ मा समर इन्टर्नसिपको अवसर पाएकी थिइन्। त्यसबेला उनी विश्वभरका ५ सय आवेदकमध्ये १४ जनामा पर्न सफल भएकी थिइन्।

उनले अमृत साइन्स क्याम्पस, लैनचौरमा स्नातकोत्तर गरेकी थिइन्। अहिले उनी उच्च शिक्षा अध्ययनकै सिलसिलामा बेलायतमा रहेको जानकारी दिएकी छन्।   

भिडिओ-

*एजेन्सीबाट प्राप्त यस सामग्रीमा यसअघि केही त्रुटिपूर्ण विवरण परेकामा हामी माफी चाहन्छौँ- सम्पादक।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .